ललितपुर। बैंकिङ कसुर मुद्दाका फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा:
१. ललितपुर महानगरपालिका–१३, धापाखेल धापाहाईट बस्ने ४२ वर्षीय राजकुमार महर्जन, जसलाई २ वर्ष कैद सजाय सुनाइएको छ।
२. ललितपुर महानगरपालिका–१२, मंगलबजार बस्ने ५० वर्षीय सुनिल शाक्य, जसलाई ११ दिन कैद र रु. १६,०५,००० जरिवाना तोकिएको छ।








प्रतिक्रिया