२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने



ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत एकान्तकुना क्षेत्रमा विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द गरिने जनाएको छ । जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार यही मङ्सिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म उक्त सडक खण्ड बन्द हुने भएको हो ।

सो योजनाअन्तर्गत आवश्यक प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा कान्ती राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारण यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८२, बुधबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।