६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कागेश्वरी मनोहरा ७ का वडाध्यक्ष भीमसेन थापाको निधन, आज शोक बिदा



काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ। हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।

०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा थापा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। थापाको पार्थिव शरीर हिजै पशुपति आर्यघाटमा अन्त्यष्ठि गरिएको छ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।