२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ‘विगो’ मुद्दाका फरार प्रतिवादी पक्राउ



ललितपुर । ‘कर्जा रकम दिलाई भराई पाउँ (विगो)’ शीर्षकको मुद्दाका फरार प्रतिवादी कुसुम राई पक्राउ परेकी छन्। ललितपुर महानगरपालिका–१४ बस्ने २७ वर्षीया राईलाई १ वर्ष ३ महिना कैद सजायको फैसला भइसकेको थियो।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले २०८२ मंसिर १९ गते गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। पक्राउ परेकी राईलाई अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

उक्त मुद्दामा अदालतले पहिलेदेखिकै फैसलाअनुसार सजाय कार्यान्वयनका लागि राईलाई खोजी भइरहेको थियो। प्रहरीले फरार अभियुक्त पक्राउ गर्न निरन्तर खोजी कार्य जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।