२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरका मेयर चिरिबाबु भन्छन् – हामी जे बोल्छौं, त्यो पूरा गर्छौं



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरले अन्यभन्दा राम्रो काम गरेको भनेर चिनिने गरेको बताएका छन् ।
२२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी समेत उनले गरे । आफूले बोलेका सबै कुराहरू पूरा हुने गरी काम गरेको उनको जिकिर थियो ।

‘अस्तिको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिका भन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ । यो पुरस्कारहरू पाउनु भनेको पनि टिमवर्कको परिणाम हो,’ उनले भने, ‘हामी जसरी सफलीभुत भईरहेका छौ । यसका लागि पनि यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद गर्न चाहेँ । हामी जे बोल्छौं, त्यो पूरा गर्छौं ।’

मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत उल्लेख गरे । सबैभन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको भन्दै आभार समेत व्यक्त गरे ।

‘हामी चुनावमा जितेर आएका व्यक्तिहरू स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन । तपाईले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ । ती सुझावहरू हामीले ग्रहण गर्छौ । कार्यान्वयन गर्छौं,’ उनले भने, ‘तसर्थ तपाईंहरूले दिनुभएको सुझाव, तपाईहरूले गर्नु भएको कन्ट्रिव्युशन, तपाईहरूको जुन एक किसिमको लगनशीलता छ । त्यसको नतिजा हो यो ।’

टिम वर्कमा काम गरेको हुनाले ललितपुर महानगरपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै गएको पनि मेयर महर्जनले बताए ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।