१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको नाङ्लो बेकरीको क्रोइसेन्ट फिर्ता लिन निर्देशन



ललितपुर । ललितपुर महानगरपालिका-१४, गोदावरीस्थित नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको क्रोइसेन्टमा तोकिएको मापदण्डभन्दा बढी हानिकारक चिल्लो पदार्थ (ट्रान्स फ्याट) पाइएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ कि उक्त क्रोइसेन्टको नमुना परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशतभन्दा बढी पाइएको हो। विभागले यो खाद्य पदार्थ न्यूनस्तरको भएको पनि जनाएको छ।

विभागले ब्याक नम्बर ०१ भएको क्रोइसेन्टको उत्पादन मिति ३ मंसिर २०८२ र म्याद समाप्ति मिति २५ पुस २०८२ तोकिएको उत्पादन तत्काल बजारबाट फिर्ता लिन र बिक्री रोक्न निर्देशन दिएको छ। साथै, उपभोक्ताहरूलाई उक्त ब्याचको क्रोइसेन्ट उपभोग नगर्न पनि विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।