२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालीमाटी तरकारी बजार भवन तोडफोड र आगजनीका दुई अभियुक्त कारागार चलान



काठमाडौं । कालीमाटीस्थित तरकारी बजार व्यवस्थापन समितिको भवन तोडफोड र आगजनी घटनामा संलग्न दुई जना प्रतिवादीलाई कारागार चलान गरिएको छ।

काठमाडौँ महानगरपालिका–१३ का ४१ वर्षीय विजय लामा र टंकेश्वरका ३४ वर्षीय राजेन्द्र श्रेष्ठलाई अदालतको आदेशअनुसार मंगलबार जेल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए। उनीहरूलाई सुनधारा स्थित केन्द्रीय कारागारमा थुनामा राखिएको छ।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको प्रशासनिक भवनमा आगजनी र तोडफोड भएको थियो। प्रहरी अनुसन्धानअनुसार उक्त घटनामा लामा र श्रेष्ठ प्रत्यक्ष संलग्न रहेका थिए।

प्रहरीका अनुसार विजय लामा यसअघि पनि विभिन्न उच्छृङ्खल गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।