५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाल्पामा फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु



काठमाडौं । नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको फोर्स गाडी पाल्पामा दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका छन्।

लु १ ज ३९०८ नम्बरको गाडी पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ स्थित चिउरीबासमा दुर्घटना भएको हो। दुर्घटनामा परी ज्यान गुमाउने ३ जनै महिला रहेका छन् भने कम्तीमा ५ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको छ भने ज्यान गुमाउनेहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। गाडी उकालोमा घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करीब १२ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शुक्रबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।