२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शिवपुरीमा हराएका तीन जनाको सकुशल उद्धार



काठमाडौं । काठमाडौंस्थित शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जको पानीमुहान भनिने स्थानबाट शिवपुरी हाईटतर्फ जाने क्रममा बाटो बिराई हराएका तीन जना व्यक्तिलाई संयुक्त उद्धार टोलीले सकुशल फेला पारेको छ।

चन्दननाथ गण, शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्ज प्रशासन तथा नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले मध्यरातमा शिवपुरी पिक क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो। उद्धारपछि आवश्यक सोधपुछ तथा प्रक्रिया पूरा गरी ती व्यक्तिहरूलाई सकुशल नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।

सम्बन्धित निकायले राष्ट्रिय निकुञ्ज क्षेत्रमा भ्रमण गर्दा निर्धारित पदमार्ग प्रयोग गर्न, समयमै फर्किने योजना बनाउन र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।