काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण गरिएको छ।
पुनर्निर्मित भवनको उद्घाटन प्रहरी प्रमुख तथा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले गरेका छन्। गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा क्षतिग्रस्त भएको कार्यालय तीन महिनापछि पुनर्निर्मित भएको हो।
भवन उद्घाटन कार्यक्रममा आईजीपी कार्कीसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की लगायत वरिष्ठ अधिकारीहरू उपस्थित थिए।







प्रतिक्रिया