काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक स्थानीय २५ वर्षीय आयुष महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका महर्जनलाई उपचारका लागि एपीएफ अस्पताल बलम्बु लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया