१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं र ललितपुरका पाँच स्थानमा दिउँसै चोरी



काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न पाँच स्थानमा सोमबार दिउँसो चोरीका घटना भएका छन्। प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानबाट नगद तथा गरगहना चोरी भएको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका–११ मा डेरा गरी बस्दै आएकी नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएकी २६ वर्षीया सुनिता बजगाईको कोठाबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २ लाख ९१ हजार ७ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

यसैगरी तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बाटुलीचौरमा बस्ने ३४ वर्षीय जयराम अधिकारीको घरबाट सुन तथा चाँदीका गरगहना र नगद गरी करिब ३ लाख ७७ हजार ६ सय रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ।

https://www.youtube.com/@lalitkhabar

काठमाडौं महानगरपालिका–१५ धिमेलोमा डेरा गरी बस्ने ४३ वर्षीय धर्मरत्न शाहीको कोठामा पनि चोरी भएको छ। उनको डेराबाट सुन तथा चाँदीका गरगहना र एक थान ल्यापटपसहित करिब ७ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

उता ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरवटोलमा डेरा गरी बस्ने महोत्तरी घर भएका ४४ वर्षीय जानेन्द्रलाल कर्णको कोठाबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब ४ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

त्यसैगरी महालक्ष्मी नगरपालिका–१ कै कृष्ण मन्दिर चोकमा डेरा गरी बस्ने अर्घाखाँची घर भएका बाबुराम पाण्डेको कोठाबाट पनि सुन तथा चाँदीका गरगहना र नगदसहित करिब ३९ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

यो समाचार तयार पार्दासम्म चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन्। प्रहरीले घटनामा संलग्नको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।