१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उच्च अदालत पाटन परिसरमा युवतीद्वारा आत्महत्याको प्रयास



ललितपुर । उच्च अदालत पाटन, ललितपुर परिसरमा करिब ३० वर्षीया एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्। प्रहरीले उद्धार गरी उनलाई पाटन अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेको छ र उपचार हाल पनि जारी रहेको छ।

प्रहरी स्रोतका अनुसार युवती कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनालीसँग सम्बन्धित मुद्दामा प्रतिवादी भएकी थिइन्। काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी पाटन पुगेकी थिइन्।

उच्च अदालत पाटनले पनि धरौटीमा छाड्ने आदेश दिएपछि युवतीले अदालत परिसरमै किटनाशक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी हुन्। पाटन अस्पतालका चिकित्सकहरूले युवतीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घटनापछि सुरक्षा व्यवस्था कडा गरिएको छ भने प्रहरीले आत्महत्याका कारणको थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।