४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चाबहिलबाट फरार कैदीबन्दी पक्राउ



काठमाडौं । जेनजी प्रदर्शन हुँदा केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ घर भएका ४९ वर्षीय जीवन पञ्चविर विश्वकर्मा उर्फ कान्छा छन् ।

उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट पक्राउ गरिएको हो ।
मानव बेचबिखन तथा बलात्कार मुद्दामा उनी केन्द्रीय कारागारमा थुनामा थिए । भदौ २४ मा आन्दोलनको क्रममा उनी त्यहाँबाट भागेका हुन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर केन्द्रीय कारागारमा बुझाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।