काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन् । भदौ २३ र २४ गते राजधानीमा भएको घटनासँग सम्बन्धित छानबिनका क्रममा आयोगको बोलावटपछि उनी सोमबार आयोग पुगेका हुन् ।
आयोग स्रोतका अनुसार करिब दुई घण्टा लामो सोधपुछका क्रममा शाहसँग घटनाको समयमा उनको उपस्थिति, महानगरपालिकाको भूमिका, सुरक्षा व्यवस्थापन तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका अभिव्यक्तिबारे प्रश्न गरिएको थियो । सोधपुछमा सिंहदरबार जलाउने भनिएको प्रसंगदेखि दमकल समयमा नपुगेको गुनासोसम्मका विषय समेटिएका थिए ।
यद्यपि, आयोगले शाहले दिएका जवाफ सार्वजनिक गर्न नमिल्ने भन्दै विवरण गोप्य राखिएको जनाएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन तथा दमन भएको आरोपबारे आयोगले छुट्टै छानबिन गरिरहेको छ । सो घटनासँग सम्बन्धित हालसम्म १४६ जनाको बयान लिइसकेको आयोगले जनाएको छ ।







प्रतिक्रिया