१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंकिङ कसुरका फरार प्रतिवादी ललितपुर ९ का चन्द्रेश्वर च्यामी पक्राउ



ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रेश्वर च्यामीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–९ बस्ने ५० वर्षीय च्यामीमाथि २ दिन कैद र २०,००० रुपैयाँ जरिवाना तोकिएको थियो।

अदालतको फैसला कार्यान्वयन गर्दै २०८२/०९/०७ गते जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ।

पक्राउपछि अदालतले फैसला कार्यान्वयन गर्ने प्रक्रियामा आवश्यक कदम चालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।