१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका यी १०७ विद्यालय अनुमति लिएर पनि भौतिक रुपमा छैनन्(सूचीसहित)



काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र अनुमति लिएर दर्ता भएका १०७ वटा विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ। महानगरपालिकाको नगर शिक्षा समितिले गत साउन २८ गते गरेको निर्णयअनुसार गरिएको स्थलगत अनुगमनमा ती विद्यालय सञ्चालनमा नरहेको तथ्य फेला परेको हो।

महानगरको शिक्षा विभागले आइतबार सूचना जारी गर्दै ती विद्यालयलाई १५ दिनभित्र विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ। अनुमति पाए पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

महानगरले त्यस्ता विद्यालयहरूको नामावलीसमेत सार्वजनिक गर्दै यदि कुनै विद्यालय अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई अनिवार्य रूपमा सम्पर्कमा आउन आग्रह गरेको छ।

तोकिएको समयभित्र सम्पर्क गरी विद्यालय सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा ती विद्यालय बन्द गर्नका लागि महानगर कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले स्पष्ट पारेको छ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनधिकृत, नाम मात्रका तथा कागजी रूपमा मात्रै रहेका विद्यालय हटाउँदै शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।