१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी, उपभोग गर्न पूर्ण अयोग्य



काठमाडौं । काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि कालीमाटी तरकारी बजारमा मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ वटा पसलमा रहेका १५ थरी तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएपछि उक्त साग उपभोग गर्न पूर्ण रूपमा अयोग्य रहेको निष्कर्ष निकालिएको हो।

सरकारले तय गरेको मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएमा केही दिन राखेर मात्र उपभोग गर्न सकिने व्यवस्था छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी भएमा त्यस्ता तरकारी पूर्ण रूपमा उपभोगका लागि अयोग्य मानिन्छन्।

यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिँदै आएको छ।

सम्बन्धित निकायले विषादीको अनियन्त्रित प्रयोग रोक्न किसान तथा व्यापारीलाई कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै उपभोक्तालाई तरकारी राम्रोसँग धोएर र सकेसम्म परीक्षण भएको तरकारी मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।