काठमाडौं । प्रहरीले सुनको गरगहना चोरी गरेको आरोपमा एक ज्वेलर्सका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा, भिमेश्वर नगरपालिका– ७ घर भइ हाल काठमाडौं महानगरपालिका– १५ डल्लु स्थितमा सिता ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरी बस्ने ५४ वर्षीय बिकाश लकाई रहेका छन् ।
गत मंसिर २ गते साँझ ६ बजे बालाजु बाईपास स्थित एक घरबाट सुनका गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले आइतबार चोरीको सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनको साथबाट प्रहरीले सुनको नेकलेस १४ थान, सुनको लकेट ९ थान ,सुनको मंगलसुत्र ८ थान,सुनको नौगेडी ५थान र पिस लकेट ३ थान बरामद गरेको हो । गते अं। ११स्०० बजेको समयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया