काठमाडौं । प्रहरीले ललितपुर र भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३० जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका ३२ वर्षीय कुशलमगरसहित १० जना रहेका प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
त्यसैगरि भक्तपुर नगरपालिका-८ च्यामासिंह बस्ने माइला मारीखुको घरमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्वरी बस्ने ५१ वर्षीय नारथ कार्कीसहित ७ जना छन्। उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७३ हजार ७ सय २५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो।
त्यसैगरि ललितपुरको महालक्ष्मी नगरपालिका-२ आँगन पार्टी प्यालेसको पछाडि रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही नगरपालिका-१ इमाडोल बस्ने गोरखा घर भएका ३२ वर्षीय सुनिल क्षेत्रीसमेत ८ जना छन्। उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त सातदोवाटोबाट र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ४ सय ४७ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया