१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



ललितपुर । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०२, सानेपा बस्ने वर्ष ३७ का चित्र बहादुर घलानलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

अदालतको फैसलाअनुसार घलानलाई १ वर्ष १० दिन कैद र ९७ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उक्त फैसला कार्यान्वयनका लागि खोजतलासको क्रममा मिति २०८२/०९/०९ गते गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका प्रतिवादी घलानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पेश गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। प्रहरीले बैकिङ कसुर तथा आर्थिक अपराधमा संलग्न फरार प्रतिवादीहरूको खोजी कार्यलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।