काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा सिनामंगल नजिकबाट पक्राउ गरी उनीहरूलाई सार्वजनिक गरिएको छ ।
थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेनलाई पक्राउ गरेको ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाले जानकारी दिए । उनीहरूले नेपालमा बसेर कोकिनको कारोबार गर्ने अनुसन्धानबाट खुलेको निरौलाले बताए ।
प्रवक्ता निरौलाले लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम र लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतका जेभियर र नेपालमा कोकिन लिन आएका भारतका अर्का नागरिक मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको उल्लेख गरे ।







प्रतिक्रिया