काठमाडौं । चोरी भएका तथा हराएका ६० वटा दुईपांग्रे सवारी साधन (स्कुटर र मोटरसाइकल) ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले शुक्रबार आयोजित कार्यक्रममा ती सवारी साधनहरू धनीलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी ईश्वर कार्कीको उपस्थिति रहेको र सवारी धनीलाई सवारी हस्तान्तरण गरिएको ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।
हराएका तथा चोरी भएका सवारी पुनः प्राप्त भएपछि सवारी धनीहरूले खुसी व्यक्त गरेका छन्। सवारी प्राप्तिको खुसीमा धनीहरूले ट्राफिक प्रहरीसँगै केक काट्दै खुशी साटासाट गरेका थिए।
ट्राफिक प्रहरीले चोरी तथा हराएका सवारीको खोजतलासलाई थप प्रभावकारी बनाइने पनि जनाएको छ।







प्रतिक्रिया