१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालाजुमा नयाँ ट्रायल सेन्टर सञ्चालनमा रोक



काठमाडौं । बागमती प्रदेश सरकारले नयाँ ट्रायल सेन्टर खोल्ने तयारीमा रोक लगाएको छ। प्रदेश सरकारले बनेपा, बालाजु र कोटेश्वरमा नयाँ ट्रायल सेन्टर सञ्चालन गर्ने योजना अघि बढाएको थियो।

बनेपामा सञ्चालनको अन्तिम तयारीमा अदालतले रोक लगाइसकेको छ भने बालाजुमा नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि सूचना नै जारी गरिएको थियो।

प्रदेशको सार्वजनिक लेखा समितिले सुशासन र आर्थिक मितव्ययिता कायम राख्न आवश्यकताबाहेक कार्यालय थप्ने, पुरानो कामको समीक्षा नगरी नयाँ कार्यालय सञ्चालन गर्ने प्रयास रोक्न निर्देशन दिएको हो। समितिले नयाँ ट्रायल सेन्टर खोल्दा खर्च वृद्धि हुने र व्यवस्थापनमा समस्या उत्पन्न हुने निष्कर्ष पनि प्रस्तुत गरेको छ।

समितिको निर्देशनपछि श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले बालाजुमा नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि जारी गरिएको टेन्डर तत्काल स्थगित गर्न आदेश दिएका छन्। मन्त्री थापाले मंसिर २६ गते प्रकाशित ट्रायल छनौटसम्बन्धी सूचना तत्काल प्रभावकारी रूपमा स्थगित गर्न निर्देशन दिएका हुन्।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ४ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।