२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पेन्सन पट्टा’को छायांकन: कथा लोभ र दानमाथि आधारित(तस्बिरहरु)



काठमाडौं । छायांकनको ११ दिन आज पनि ‘पेन्सन पट्टा’ को छायांकन जारी रहेको छ । फिल्म माओत्से गुरुङको निर्देशनमा बन्न लागेको हो । छायांकन कास्की जिल्लाको ताङतिङ गाउँमा धमाधम भइरहेको छ ।

निर्देशक गुरुङले ३५ दिनको तालिकासहित टिम लिएर छायांकन सुरु गरेका हुन्। फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा लोभ र दान विषयमाथि आधारित रहेको छ र निर्देशक गुरुङले नै लेखेका हुन्। छायांकन सुशन प्रजापतिले गर्नेछन् भने संगीतमा झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइली सहभागी हुनेछन्।

 

 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।