काठमाडौं । विभिन्न राजनीतिक दलहरूले सोमबार मध्यरातसम्म प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेश गरेका छन्। सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छ।
रास्वपाले बुझाएको ११० सदस्यीय सूचीमा परम्परागत राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका विभिन्न पेशा र क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। पार्टीले राजनीतिमा नयाँ अनुहार भित्र्याउने उद्देश्यअनुसार चिकित्सक, कलाकार, खेलाडी, उद्योगी र फिल्म क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई समानुपातिक सूचीमा समेटेको छ।
सूचीमा चर्चित गायक प्रकाश सपूत, पूर्व राष्ट्रिय क्रिकेट टोली कप्तान ज्ञानेन्द्र मल्ल, फिल्म निर्माता आसिफ शाह, अभिनेत्री रिमा विश्वकर्मा, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी लगायतका व्यक्तिहरू समावेश छन्। आदिवासी प्रतिनिधित्वका रूपमा गायिका सत्यकला राई र चमार समुदायबाट पहिलो डाक्टर बनेका डा.रामजी रामलाई पनि सूचीमा राखिएको छ।







प्रतिक्रिया