१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एकान्तकुना सडकमा टिपरले ठक्कर दिँदा सिलवालको निधन



ललितपुर । ललितपुरमा टिपरले ठक्कर दिँदा एकजना पैदल यात्रुको मृत्यु भएको छ। प्रहरी परिसर ललितपुरका अनुसार बिहिबार राति साढे ९ बजेतिर एकान्तकुनाबाट महालक्ष्मीस्थानतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा पैदलयात्रुको भएको हो।

बा.४ ख १४७० नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँमा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्कालै पाटन अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउनासाथ चिकित्सकले सिलवाललाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि टिपर चालक सिन्धुलीको मरिण गाउँपालिका–६ घर भएका ३८ वर्षीय सोवित कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।