काठमाडौं । क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई गैरकानुनी रूपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भएका ६५ वर्षीय पशुपति खड्का, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने महोत्तरी बर्दिबास नगरपालिका–८ घर भएका ४६ वर्षीय दयाराम राना, काठमाडौं महानगरपालिका–६ रामनगर (बौद्ध) बस्ने ५३ वर्षीय भरतराज पौडेल, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बस्ने दोलखा मेलुङ गाउँपालिका–२ घर भएका ४० वर्षीय सन्तोष भण्डारी र काठमाडौं महानगरपालिका–४ बसुन्धारा बस्ने खोटाङ खोटेहाङ गाउँपालिका–७ घर भएका २४ वर्षीय गणेशबहादुर मगर रहेका छन्।
बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरूड क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई ठूलो रकमको हार–जित हुने गरी गैरकानुनी रूपमा जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूविरुद्ध जुवा खेल्ने/खेलाउने नहुनेसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया