१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सरकारी कार्यालयको साइट ह्याक गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौं । निर्वाचन आयोगसहित विभिन्न सरकारी कार्यालयको साइट ह्याक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले ह्याक गरेको आरोपमा झापाका २० वर्षीय सन्तोष चिमरिया र १९ वर्षीय विकास पौडेललाई पक्राउ गरेको हो।

उनीहरूमाथि नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोग लगायतका साइटकमा पहुँच पुर्‍याएको आरोप छ। यी निकायबाट उजुरी निवेदन दिएपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको एसपी दीपकराज अवस्थीले जानकारी दिए। पछिल्लो समय सिएमडी नेपाल, नेपाली फर नेपाल लगायतका समूहहरूले घटनाको जिम्मा लिएका थिए।

यस्ता घटनामा चिमरिया र पौडेलको संलग्नता खुलेको प्रहरीले जनाएको छ। उनीहरूबाट ल्यापटप चार वटा, १० वटा एन्ड्रोइड मोबाइल, एउटा आइफोन, एउटा फिचर फोन, हार्डड्राइभ एउटा र रिपिटर एउटा बरामद गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।