२५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखरापुर बस दुर्घटनाः यी हुन् मृतक ५ जना(अपडेट)



काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा घाइते भएका ३३ जनामध्ये अहिले पनि २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी पवन भट्टराईले जानकारी दिए।

दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका- ५ घर हाल काठमाडौँको बुढानिल्कण्ठ बस्ने वर्ष ४९ की कामना शर्मा, ताप्लेजुङको पाथीभरा- ५ घर भई हाल काठमाडौँको पेप्सीकोला बस्ने वर्ष ५५ की शान्ती गुप्‍ता, पाँचथर घर हाल गोठाटार बस्ने अन्दाजी वर्ष ६५ का देबेन्द्र लिम्बू र काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीका ६० वर्षीय अर्जुन लामीछानेको मृत्यु भएको हो।

कामना शर्माको उपचारको क्रममा गएराति सबा १२ बजे टिचिङ अस्पताल मृत्यु भएको हो। त्यसैगरि इन्दिरा लिम्बुको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी बुधबार साँझ ७ः २४ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि शान्ती गुप्‍ताको एनएमसी अस्पतालमा उपचारको क्रममा साँझ सात बजेर ४९ मिनेट जाँदा मृत्यु भएको छ भने देबेन्द्र लिम्बूको पनि एनएमसी अस्पतालमा साँझ सात बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरि अर्जुन लामीछानेको एनएमसी अस्पतालमा उपचारको क्रममा राति ११ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो। बुधबार साँझ पौने ६ बजे शंखरापुर नगरपालिका-३ साँखु जहरसिंह पौवामा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो।

नेचर हाउस एन्ड हर्व इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्कने बस दुर्घटनामा परेको हो। महोत्तरीको बर्दिबास घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३२ वर्षीय ध्रुवप्रसाद रेग्मीले चलाएको बस दुर्घटनामा परेको हो।

साँखुस्थित नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १० : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।