२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा निर्माण सामग्री चोरी गर्ने समूह पक्राउ



काठमाडौं । काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका ६ स्थित एक घरको बाहिर राखिएको निर्माण सामग्री चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। चोरी भएको सामग्रीमा हेभी टेका २६५ थान, फलामको च्यानल पाइप ५० थान, फलामको प्लाईउड, दलिन, बाला, बिम लगायतको सामग्री समावेश छ, जसको मूल्य करिब नौ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका व्यक्तिहरू यस प्रकार छन्:
१. दल बहादुर तामाङ, ३२ वर्ष, जिल्ला सिन्धुपाल्चोक, दुधौली नगरपालिका २ निवासी, काठमाडौं चावहिल बस्ने।
२. रबिन्द्र लामा, ३० वर्ष, जिल्ला सिन्धुली, तिनपाटन गाउँपालिका ५ निवासी, काठमाडौं तारकेश्वर नगरपालिका १ बस्ने।
३. फत्त बहादुर विश्वकर्मा (चालक), ४६ वर्ष, जिल्ला ओखलढुङ्गा, मानेभन्ज्याङ गाउँपालिका ७ निवासी, काठमाडौं तारकेश्वर नगरपालिका ७ फुटुङ बस्ने।
४. नेत्र तामाङ, ३२ वर्ष, जिल्ला सिन्धुली, तिनपाटन गाउँपालिका ९ निवासी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले अन्य विभिन्न स्थानबाट पनि टेका र अन्य निर्माण सामग्री चोरी गरेको खुलेको प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।