२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सभापतिले देउवालाई भने- ६ भाइको मात्रै कुरा नसुन्नुस्



काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सभापति जितेन्द्र श्रेष्ठले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्रमा आफूहरूको कुरा पनि सुन्न आग्रह गरेका छन्।

विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले भने, “सभापति ज्यू, ६ भाइका कुरा मात्रै नभई हामी पनि भाइ भतिजा हौं। यो जमातलाई कमजोर नठानियोस्। भोलिको बन्द सत्रमा तपाईंको इन्तजार गरेर बस्नेछौं। नीतिगत कुराहरू बन्द सत्रमा गर्नेछौं।”

उनले चेतावनी दिँदै भने, “कमजोर ठानिए नीति अधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने अधिवेशन हुन सक्नेछ। अन्तिम घडी तपाईंको परीक्षणको घडी हो। सबै जनताले हेरिरहेका छन्। भोलि बन्द सत्रको हलमा आएर हामी एक छौं भनेर तपाईंको मुखारबिन्दुबाट आयो भने विशेष महाधिवेशन एकता महाधिवेशनमा परिणत हुन सक्छ।”

श्रेष्ठको यो अभिव्यक्तिले पार्टीभित्रको असहमति र नेतृत्वको परीक्षणको महत्त्वलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।