१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका विभिन्न स्थानमा दिउँसै शृङ्खलाबद्ध चोरी, १२ लाखभन्दा बढीको धनमाल गायब



काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबार दिउँसो शृङ्खलाबद्ध रूपमा चोरीका घटना भएका छन्। अनामनगर र गोकर्णेश्वर क्षेत्रका तीन छुट्टाछुट्टै घर तथा कोठाबाट नगद तथा गरगहना गरी १२ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित मुकुन्द थापाको घरमा आइतबार दिउँसो चोरी भएको हो। प्रहरीले जनाएअनुसार थापाको घरबाट सुन, चाँदी र नगद गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यस्तै, गोकर्णेश्वर नगरपालिका–८ माकलबारी क्षेत्रमा डेरा गरी बस्ने दुई जनाको कोठाबाट पनि दिउँसै चोरी भएको छ। उदयपुरको गाईघाट घर भई माकलबारी बस्ने सन्तोष राईको कोठाबाट करिब २ लाख ६० हजार रुपैयाँ बराबरको सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

सोही वडाको फूलबारी टोलमा डेरा गरी बस्ने रामेछापका पासाङ तामाङको कोठाबाट पनि करिब २ लाख ६० हजार रुपैयाँ बराबरकै सुनका गरगहना चोरी भएको छ।

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।