२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस विशेष महाधिवेशन : निर्वाचन तालिका सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले यस कार्यतालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिकाअनुसार, आज साँझ ९ बजे मतदान हुने जनाइएको छ। यसअघि, मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशित गरिनेछ। मतदाता नामावलीमा दाबी, विरोध वा छलफलका लागि समय दिउँसो साढे १ बजेसम्म राखिएको छ।

अन्तिम मतदाता नामावली दिउँसो ४ बजे प्रकाशन गरिनेछ भने उम्मेदवारहरूको अन्तिम नामावली साँझ पौने ९ बजे सार्वजनिक गरिनेछ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यस निर्वाचन केन्द्रीय समिति स्तरमा सञ्चालन हुने छ।

अघिल्लो निर्वाचन समिति, जसको नेतृत्व खम्बबहादुर खातीले गरेका थिए, भंग गरेर मंगलबार बिहान सीताराम केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ।

यस्तो छ निर्वाचन कार्यतालिका

 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।