१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालाजु बाईपास क्षेत्रमा लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा एक युवक पक्राउ



काठमाडौं । काठमाडौंको बालाजु बाईपास क्षेत्रमा लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका १६ बाईसधारा बस्ने २९ वर्षीय पूजन पुतुवारलाई नियन्त्रणमा लिएको हो ।

गत पुस २८ गते दिउँसो ४ बजेतिर शंकास्पद अवस्थामा फेला परेका पुतुवारलाई खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध र विभिन्न कम्पनीका मोबाइलहरू फेला परेका छन् । प्रहरीका अनुसार उनको साथबाट डाइजेपाम ७ एम्पुल, बुप्रिनोर्फिन ७ एम्पुल र प्रोमेथाजिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल लागुऔषध बरामद भएको छ ।

लागुऔषधसँगै पुतुवारको साथबाट चोरीका विभिन्न ६ थान मोबाइल र ४४ हजार रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ । जसमा सामसङ, बेन्को, रेडमी र किप्याड मोबाइलहरू रहेका छन् । ती मोबाइलहरू उनले सर्वसाधारणबाट चोरी वा लुटपाट गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका पुतुवारमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार बरामद सामानसहित उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।