२ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


घरायसी विवादमा भक्तपुरमा श्रीमतीको हत्या, श्रीमान पक्राउ



भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित डेरा गरी बस्ने काभ्रे जिल्लाको तेमाल गाउँपालिका–९ घर भएका ३७ वर्षीय लनाम तामाङ रहेका छन् ।

प्रहरीका अनुसार तामाङले आफ्नी ३८ वर्षीया श्रीमती लाल माया तामाङको हत्या गरेका हुन् । बिहीबार बिहान भएको वादविवादका क्रममा तामाङले सिलौटो प्रहार गर्दा लाल मायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । मृतकको शव परीक्षणका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, बिहिबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।