२ माघ २०८२, बिहिबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं भिमसेनगोलामा चोरी



काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भिमसेनगोला मार्गमा डेरा गरी बस्ने ५५ वर्षीय टेकबहादुर खत्रीको कोठाबाट धनमाल चोरी भएको छ ।

खत्रीको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेकाले निजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, बिहिबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।