काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–५ घर भएका २५ वर्षीय कृष्णबहादुर कुँवर छन् ।
धनगढीबाट काठमाडौं आएको यात्रुवाहक बसमा सवार कुँवरको साथबाट ६ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कुँवरले लगाएको ज्याकेटको खल्तीबाट सो खैरो हेरोइन बरामद गरेको हो । उनीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया