भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले शुक्रबार आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मध्यपुर ठिमी– ३ तेर्सेटारमा डेरा गरी बस्ने धनुषा, मिथिला नपा– ११ की ५० वर्षीया सरिता भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीणले गरेको भक्तपुरका प्रहरीले जनाएको छ । प्रवीण लामो समयदेखि डिप्रेसनका बिरामी थिए ।
उनीहरु नारायण बोहराको तीन तले घरको पहिलो तलामा डेरा गरी बस्दै आएका थिए । मृतक भण्डारीको घाँटीको बायाँ भाग र टाउकोमा काटिएको थियो । आमाको हत्यापछि प्रवीणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरेका थिए । उनको अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया