५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले ललितपुरका उम्मेदवार फाइनल



काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर र ललितपुर जिल्लाका उम्मेदवारहरूको टुंगो लगाएको छ।

एमालेका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट सोमप्रसाद मिश्र र क्षेत्र नं. २ बाट पार्टी सचिव महेश बस्नेत उम्मेदवार बन्ने भएका छन्।

यस्तै, ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट चेतनाथ सञ्जेल र क्षेत्र नं. २ बाट प्रेम महर्जनलाई टिकट दिइएको छ। भने ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवार चयन हुन बाँकी रहेको पार्टीले जनाएको छ।

एमालेले बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारहरू अध्यक्षको परामर्शमा छिट्टै टुंगो लगाइने बताएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।