काठमाडौं । आखेटोपहार मुद्दाका फरार कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–६ घर भइ भक्तपुर सूर्यविनाय नगरपालिका–८ बस्दै आएका शुकलाल तामाङ छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
२८ पुस २०८१ मा भक्तपुर जिल्ला अदालतले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो । फैसला कार्यान्वयको क्रममा सुन्धारा कारागारमा रहेका उनी जेनजी आन्दोलनको क्रममा फरार भएका थिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि सुन्धारा कारागार पठाइएको छ ।








प्रतिक्रिया