२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती प्रदेशका ६ सांसदले प्रतिनिधिसभा निर्वाचनका लागि दिए राजीनामा



काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न बागमती प्रदेशका ६ सांसदहरूले पदबाट राजीनामा दिएका छन्। कांग्रेस, एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आगामी निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्।

सोमबार पाँच जना सांसदले इमेलमार्फत् र एक जनाले उपस्थित भई प्रदेशसभा सचिवालय हेटौंडामा राजीनामा पत्र बुझाएका छन्।

राजीनामा दिने सांसदमा पूर्व मन्त्री युवराज दुलाल (नेकपा, सिन्धुपाल्चोक–२), प्रकाश श्रेष्ठ (एमाले, काठमाडौं–७), अमन कुमार मास्के (एमाले, काठमाडौं–६), कुन्दनराज काफ्ले (कांग्रेस, देलखा–१), बसन्त मानन्धर (नेकपा, काठमाडौं–७), र सुनिल केसी (रास्वपा, काठमाडौं–२) रहेका छन्।

सांसदहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो क्षेत्रबाट उम्मेदवार बन्ने तयारीका लागि पदबाट राजीनामा दिएका हुन्।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।