ललितपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता कृष्ण महर्जनले ललितपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आज मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। समाजसेवा र अपांगता अधिकार क्षेत्रमा सक्रिय रहँदै आएका महर्जन सूचना प्रविधि (आईटी) क्षेत्रमा पनि संलग्न छन्। कम्प्युटर इन्जिनियर महर्जन लामो समयदेखि राजनीतिमा क्रियाशील रहेका छन्।
उनी सामाजिक समावेशीकरण, प्रविधिमैत्री नीति र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् र पार्टीभित्र एक सक्रिय तथा संगठित नेताका रूपमा परिचित छन्।
प्रलोपा नेताहरूका अनुसार ललितपुर क्षेत्र नम्बर-२ मा संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्न महर्जनको उम्मेदवारी प्रभावकारी हुनेछ।








प्रतिक्रिया