काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । मंगलबार उनीहरुले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
१ नम्बर निर्वाचन क्षेत्रमा ३०, २ नम्बर क्षेत्रमा २२, ३ नम्बर क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ४ नम्बर क्षेत्रमा २८, ५ नम्बर क्षेत्रमा २६, ६ नम्बर क्षेत्रमा २२, ७ नम्बर क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ ।
८ नम्बर क्षेत्रमा २२, ९ र १० नम्बर क्षेत्रमा २६/२६ जनाको उम्मेदवारी परेको छ ।








प्रतिक्रिया