२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना



काठमाडौं । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा कैफियत देखिएपछि उक्त फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान अनुसार उपभोक्ताको हकहित विपरित कार्य गरेको पाइएकाले सो फर्मलाई तत्कालै जरिवाना गरिएको विभागले जनाएको छ। विभागको टोलीले उक्त फर्मसहित अन्य १२ वटा व्यावसायिक फर्महरूमा पनि स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा अन्य फर्महरूमा सामान्य कमजोरी देखिएकाले उनीहरूलाई सुधारका लागि आवश्यक निर्देशन दिइएको छ।

बजारमा हुन सक्ने अस्वभाविक मूल्यवृद्धि, मिसावट र कालोबजारी रोक्न विभागले स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको समन्वयमा अनुगमनलाई तीव्र पारेको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बुधबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।