ललितपुर । प्रतिनिधि सभाको निर्वाचनका लागि ललितपुरमा ७४ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। ललितपुर–१ मा २८ उम्मेदवारी प्रतिस्पर्धामा उत्रिएका छन्। उनीहरूमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै, ललितपुर–२ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरूमध्ये सात जना स्वतन्त्र उम्मेदवार छन् भन् १६ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन्। यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन्।
ललितपुर–३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ। उनीहरूमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार छन्। यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दिएका छन्। ललितपुर–१ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसबाट उदय शमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जन उम्मेदवार छन्।
ललितपुर–२ मा रास्वपाबाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल, नेकपाबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवारी परेको छ। त्यसैगरी ललितपुर–३ बाट रास्वपाकी डा. तोसिमा कार्की, कांग्रेसबाट जीतेन्द्र श्रेष्ठ र नेकपाबाट राजकाजी महर्जनले उम्मेदवारी दिएका छन्।








प्रतिक्रिया