१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छः रेसम चौधरी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले आफ्नो उम्मेदवारी खारेज भएकोमा असन्तुष्टि प्रकट गरेका छन्। कैलाली-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका उनले आफूविरुद्ध राजनीतिक विभेद भएको समेत उल्लेख गरेका छन्।

‘राजनैतिक सिकार बनाउनुको पनि हद हुन्छ, विभेद दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ?,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रिका हो। पहिचानको लामो लडाइँको मार्ग कतै त्यही हुने त होइन ? भन्ने भय छ। राजनैतिक बिभेदकाबिरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो।’

निर्वाचन आयोगले उनलाई जन्मकैदको सजाय भएको भन्दै उम्मेदवारी खारेज गरेको छ। चौधरीले यसविरुद्ध देशैभर जाँतो चिह्नमा मतदान गर्न समेत आह्वान गरेका छन्।

प्रकाशित मिति : ९ माघ २०८२, बिहिबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।