१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सानोथिमि बाल सुधारगृहमा झडपपछि आगजनी



काठमाडौं । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित बाल सुधारगृहमा झडपपछि आगजनी र तोडफोड भएको छ । सुधारगृहभित्र रहेका दुई समूहबीच भएको झडप नियन्त्रण बाहिर जाँदा आगजनीको घटना भएको हो ।

झडप सुरु भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । तर झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । अवस्था नियन्त्रणभन्दा बाहिर गएपछि सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

मध्यरातमा भक्तपुर र काठमाडौंबाट पुगेका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जानकारी दिएको छ ।

हाल उक्त बाल सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी जम्मा १६९ जना आश्रित रहेका छन् । अहिले स्थिति नियन्त्रणमा आइसकेको भए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुधारगृह परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको छ ।

प्रकाशित मिति : १० माघ २०८२, शुक्रबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।