२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ



काठमाडौं। नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

आज बिहान करिब साढे ६ बजे चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरीको इटहरी नगरपालिका–३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी जाँच गर्दा उनको ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरी लुकाइ राखिएको ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरेको हो।

बरामद गरिएको पदार्थ तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १२ माघ २०८२, आइतबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।