१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा नक्कली हतियार देखाएर आतंक फैलाउने घिमिरे चापागाँउ दोबाटोबाट पक्राउ



ललितपुर । नक्कली हतियार देखाई समाजमा त्रास फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२।१०।१० गते दिउँसो करिब १४:४५ बजेको समयमा ललितपुर महानगरपालिका वडा नं. १४ स्थित चापागाउँ दोबाटोबाट सातदोबाटो तर्फ नम्बर नखुलेको मोटरसाइकलमा हतियार बोकी गइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी टोली परिचालन गरिएको थियो।

खोजतलासको क्रममा काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित एक स्थानमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिको साथबाट ३०३ राइफल जस्तो देखिने डमी थान–१, कटुवा पेस्तोल जस्तो देखिने डमी थान–२, फमबाट बनेको खुकुरी जस्तो देखिने थान–२ तथा बाग्मती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकल थान–१ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ७ कटरडाँडा घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३२ मा बस्दै आएका २८ वर्षीय किरण घिमिरे रहेको प्रहरीले जनाएको छ।

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप अनुमति लिई अभद्र व्यवहार गर्न नहुने कसुर अन्तर्गत घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १२ माघ २०८२, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।